नोबेलमा कुमारी बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । कुमारी बैंक लिमिटेडले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । अस्पताल परिषरभित्र काउन्टर सञ्चालन गरी बैंकले त्यहीबाट बैंकिङ्ग सेवा प्रदान गर्न थालेको हो ।

अस्पतालका कर्मचारी, विद्यार्थी र विरामीको सहजताका लागि एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको कुमारी बैंकका विराटनगर शाखा प्रमुख अंकित पाण्डेले बताए । सो काउन्टरबाट बैंकमा खाता खोल्ने, पैसा जम्मा गर्ने, निकाल्ने सहितका सेवा प्रदान गरिदै आएको छ । नोबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालकै ठूलो अस्पताल हो ।

नोबेलले तलब खाता कुमारी बैंकमा सञ्चालन गरेकाले नोबेलमा कार्यरत करिब १ हजार ७ सय कर्मचारीले पनि कुमारी बैंकमै खाता खोलेका छन् । कारोवार गरिरहनुपर्ने बैंकको एक्टेक्सन काउन्टर अस्पताल परिषरभित्रै सञ्चालन हुँदा सहज भएको अस्पतालमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी र अस्पतालमा आउँने विरामीहरुलाई पनि बैंकिङ्ग कारोवारमा सहजता मिलेको छ । कुमारी बैंकले एक्सटेन्सन काउन्टरसहित एटीएम पनि अस्पताल परिषरभित्रै राखेको छ । कर्मचारी, विद्यार्थी र विरामीलाई बैंकिङ्ग कारोवारमा सहज बनाउँन बैंकसँग समन्वय गरी अस्पताल परिषरभित्रै एक्सटेन्सन काउन्टर र एटीएम सञ्चालन गर्ने व्यवस्था मिलाइएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

प्रदेश १ को मोरङ, सुनसरी, झापा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र इलाममा कुमारी बैंकले १६ वटा शाखा विस्तार गरेर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले मोरङमा दुई र सुनसरीमा एउटा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । देशभर १९५ शाखा, १६२ एटीएम, २५ शाखारहित बैंकिङ्ग इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गरिदै आएको कुमारी बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस