सडकबाट जीप खस्दा चालकको गयो ज्यान

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ९ तारिकेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भूमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी भूमिकास्थान–९ का जीप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा नै ज्यान गएको स्थानीय माधव घिमिरेले जानकारी दिएका छन् । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । गाडीमा चालक नेपाली मात्रै रहेका स्थानीयले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस