महालक्ष्मी विकास बैंकको गोकुलेश्वर र पाटन शाखाको एकैसाथ औपचारिक समुद्घाटन

काठमाडौं ।महालक्ष्मी बिकास बैंक लि. ले आफ्नो सेवा राज्यभर विस्तार गर्दै लाने क्रममा मिति २०७५ जेष्ठ ३० गते दार्चुला जिल्लाको गोकुलेश्वर शाखा र बैतडी जिल्लाको पाटन शाखाको एकैसाथ औपचारिक समुद्घाटन गरेको छ ।

 

बैँकको गोकुलेश्वर शाखाको समुद्घाटन शैल्यशिखर नगरपालिकाका नगर प्रमुख  अमरसिंह धामीले तथा पाटन शाखाको समुद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख केशब बहादुर चंदले रिबन काटेपश्चात् दीप प्रज्वलनका साथ गर्नुभएको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत  कृष्णराज लामिछानेज्यूले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

साथै वहाँले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्यरुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ठ सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने प्रतिवद्धता गर्नुभयो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. ले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपँैया निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयन गर्न जोड

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् …

प्रतिकृया दिनुहॊस