नायिका एलिना “अदालत”मा

काठमाण्डौ । सिने जगतमा प्रवेश गरेको सानो समयमै आप्mनो उत्कृष्ट अभिनयकलाबाट दर्शकहरूमाझ लोकप्रिय बनेकी नायिका एलिना अब फिल्म अदालतमा देखिनु हुने भएकी छिन् ।

 दिनेश लिङ्देनको निर्देशनमा छायाङ्कन शुरु भएको फिल्म अदालत समाजमा देखिएको विकृति, विसंगति र घटिरहेका समस्याहरूलाई समेटेर निर्माण गरिएको नायिका एलिना बासकोटाले बताउनु भयो ।

नायिका एलिना बासकोटाका साथै नायक अजय खड्का, शान्ति, मदन, राजकुमार र रुद्र लगायतका कलाकारहरूको मूख्य भूमिकामा आउन लागेको यस फिल्ममा सामाजिक परिवेशका साथै प्रेम, एक्शन, हा“स्य सबै समेटिएको हुदा परिवारका सम्पूर्ण सदस्यले एकसाथ भरपूर मनोरञ्जन लिन सक्ने छन् ।

नायिका बासकोटा यसअघि फेरी फेरी, आइ एम क्रेजी, अहिंसा, संजिवनी लगायतको फिल्म तथा टेलिफिल्ममा अभिनय गरेर दर्शकहरूमाझ लोकप्रियता कमाएकी कलाकार हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस