काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार ६८३ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ७८४ पुगेको छ ।
त्यस्तै २४ घण्टामा १ लाख १४हजार ५३७ संक्रमित भएका छन् ।
यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ८८ लाख ९ हजार ३३९ जना पुगेको छ ।
प्रतिकृया दिनुहॊस