करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीमा  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सुनसरी गढी गाऊपालिका- २ औरावनी काली मन्दिर टोल का २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागेर मृत्यु भएको हो ।
शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनको उपचारको लागि लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको  छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री