नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई ४९ लाख प्रदान

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई ४९ लाख रुपैयाँ प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई प्रति अस्पताल/आइसोलेशन केन्द्र ७ लाखका दरले जम्मा ४९ लाख सहयोग गरेको हो।

सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपालिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री