भियतनाममा देखियो कोरोनाको नयाँ भेरियन्ट, हावाबाट तीव्रगतिमा फैलिने

काठमाडौँ  । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ।

भियतनामका स्वास्थ्य मन्त्री विएन टान लान्गले शनिबार कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको बताएको बीबीसीले जनाएको छ।

यो भारत र बेलायतमा पहिलोपटक भेटिएको कोरोना नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको बताइएको छ।

भियतनाम ति केही देशमा पर्छ जो गत वर्ष कोरोना भाइरसलाई फैलनबाट रोक्न सफल भएको थियो तर अहिले त्यहाँ कोरोना महामारी तिब्र गतिमा फैलिरहेको छ र स्थितिलाई नियन्त्रणमा लिन सरकारलाई निकै मेहनत गर्नु परिरहेको छ।

अप्रिलको अन्तिम सप्ताहमा त्यहाँका ६३ मध्ये ३१ शहरमा संक्रमणको ३ हजार ६ सय केस दर्ता भएका थिए जुन देशमा पाइएका संक्रमितको ५० प्रतिशत हो।

समाचार एजेन्सी रोयटर्ससँग भियतानमी स्वास्थ मन्त्रीले भने, ‘हामीले संक्रमित भएका केही पीडितको नमूना लिएर जीनोम सिक्वेन्सिङ गरेका थियौं, यस क्रममा हामीले नयाँ खालको भाइरसको भेरियन्ट फेला पराका छौं जो भारत र बेलायतमा पाइएको भेरियन्टको मिल्दोजुल्दो रुप हो।’

उनका अनुसार अहिले फेला परेको भेरियन्ट भारतमा पाइएको भेरियन्टको जस्तै भएको तर यसमा जो म्यूटेशन देखिएको छ त्यो बेलायतमा पहिला फेला परेको भाइरसमा पाइएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री