पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको मृत्यु भएको छ ।
गत वैशाख ३१ गते कोरोना सङ्क्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार मृत्यु भएको हो।
पाँचथरको हिलिहाङ गाउँपालिका-५ सुभाङ स्थायी घर भई विगत डेढ दशकभन्दा लामो समयदेखि फिदिममा रहेर भण्डारी पत्रकारिता, साहित्य र प्राध्यापन क्षेत्रमा क्रियाशील थिए ।
भण्डारीका श्रीमती, एक छोरा र दुई छोरी छन्।
तपाईंको प्रतिकृया




