काठमाडौँ ।खाल्डोमा जमेको पानीमा डुबेर दाजु-भाइको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका -९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमार रहेका छन् ।
घर नजिकै रहेको एमपीएस इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा डुबेर दाजु-भाइको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ वर्षाको पानी जम्मा भएको खाल्डोमा डुबेका दाजु-भाइलाई देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए ।
त्यहाँ प्राथमिक उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याउनेबित्तिकै मृत्यु भएको हो ।
दुबै दाजु-भाइ खेल्दाखेल्दै खाल्डोसम्म पुगेर डुबेको स्थानीयले बताएका छन् ।
तपाईंको प्रतिकृया




