आइतबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर ९४ हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला ५ रुपैँयाले बढेर प्रतितोला १३५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री