काठमाडौँ । हिमालपारीकाे जिल्ला मनाङमा बर्खा नलाग्दै बाढी आयो । बुधबार रातिदेखिको वर्षाले स्थानीय खहरे खोलामा आएको बाढीले सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा पारेको छ ।
शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ भने सडक क्षतविक्षत बनाएको छ । सदरमुकाममा एक्कासी बाढी पसेपछि स्थानीय त्रसित बनेका थिए ।
यहिबीच गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम कम गर्न अहिले नै पूर्वतयारी गर्न आग्रह गरेको छ । चामेमा पसेको बाढीको भिडियो राख्दै प्राधिकरणले भनेको छ, ‘अहिले नै पूर्वतयारी थाले तपाईको टोलबस्तीमा यस किसिमका बाढीको जोखिम कम गर्न सकिन्छ ।’
हेर्नुहोस् भिडियो :-
बर्खा नलाग्दै हिमालपारीको जिल्ला मनाङमा बाढी आयो । अहिले नै पूर्वतयारी थाले तपाईको टोलबस्तीमा यस किसिमका बाढीको जोखिम कम गर्न सकिन्छ ।
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोला । https://t.co/fkNwnxRsu8 pic.twitter.com/4mKpsmZQWj— NDRRMA (@NDRRMA_Nepal) May 30, 2021




