जिल्ला संकट व्यवस्थापन केन्द्रलाई २५ लाखको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

मलंगवा। जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)सर्लाहीलाई जिल्ल्लामा कार्यरत विभिन्न गैर सरकारी संस्थाहरुको साझेदारीमा कोभिड–१९ प्रतिकार्यका लागि अक्सिजन सिलिण्डर, कन्सेट्रेटर सहित २४ लाख ९१ हजार ५५२ रुपैंया बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण भएको छ ।

अष्ट्रेलियन एडको सहयोगमा वर्ल्ड भिजन ईन्टरनेशनल, बागमती सेवा समाज, हरिवन र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र ९आरआरपीके० मलंगवाका प्रतिनिधिले संयुक्त रुपमा शनिबार उक्त सामग्री केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई हस्तान्तरण गरिएको हो ।

वर्ल्ड भिजनले सर्लाहीका विभिन्न पालिकाहरुमा सञ्चालन गरिरहेको कार्यक्रमहरु कोरोना भाईरस संक्रमणका कारण कार्यान्वयन हुन नसकेपछि सोही कार्यक्रम अन्तर्गत जिल्ला संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको वर्ल्ड भिजनका चन्द्र बहादुर मोक्तानले जानकारी दिए।

हस्तान्तरण गरिएका सामग्रीमा अक्सिजन भरिएको सिलिण्डर ७० थान, अक्सिजन कन्सेट्रेटर एक थान, पीपीई सेट ७० थान, ईन्फ्रारेड थर्मामिटर ७० थान, अक्सोमिटर ७० थान, हात सफाई गर्ने लिक्वीड साबुन १४ थान, सर्जिकल मास्क १४ पोका, ५ लिटरको सेनिटाईजर ५ ग्यालेन, एन ९५ मास्क ७४ वटा रहेका छन् ।
केन्द्रमा उपलब्ध सामग्रीले कोरोना भाईरस संक्रमण न्युनीकरण एवं संक्रमितको उपचारमा भरपुर सहयोग पुग्ने भन्दै सहयोगी संस्थाहरुप्रति जिल्ला समन्वय समिति प्रमुख चौधरीले धन्यवाद व्यक्त गरे । उनले अन्य संघसंस्थाहरुबाट पनि आगामी दिनमा यसैगरी सहयोग प्राप्त हुने अपेक्षा गरेको बताए ।

त्यसैगरि, प्रजिअ तामाङले प्राप्त अक्सिजन सिलिण्डर सहित अन्य सामग्री जिल्ला स्थित सञ्चालनमा रहेका कोभिड अस्थायी अस्पतालहरुमा आवश्यकता अनुसार पारदर्शी ढंगले वितरण गरिने प्रतिबद्धता जनाए ।

सबै पालिकालाई भागवण्डा गरेर भन्दापनि स्थानीय आवश्यकता अनुसार सामग्रीहरु वितरण गरिने र वितरण भएको विवरण जिल्ला प्रशासन कार्यालयको वेभसाईट र फेसबुक पेजमार्फत सार्वजनिक गरिने उल्लेख गर्दै प्रजिअ तामाङले सहयोगी संस्थाहरु प्रति हार्दिक आभार प्रकट गरेका छन् ।

हाल जिल्लाका विभिन्न अस्पताल एवं आईसोलेसन सेन्टरमा १४७ थान अक्सिजन सिलिण्डर रहेको प्रजिअ तामाङले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय परिसरमा प्रजिअ तामाङको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मलंगवा नगरपालिकाका मेयर निरसल साह, जिससका समन्वय अधिकारी होमनाथ सुबेदी, पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री, प्रेस युनियनका केन्द्रीय सदस्य एवं महासंघ पूर्व अध्यक्ष रोशन न्यौपाने, बागमती सेवा समाजका कुमार भण्डारी, आरआरपीकेका कार्यकारी निर्देशक शिवजी प्रसाद साह, बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की लगायत उपस्थित थिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सर्लाहीको संयोजकत्व गरिरहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड–१९ संकट व्यवस्थापनमा स्वेच्छिक रुपले सहायता प्रदान गर्ने व्यक्ति तथा संघसंस्थाहरुकोलागि २०७८ बैशाख ६ गते सार्वजनिक सूचना जारी गरेको थियो। सोही बमोजिम विभिन्न संघ संस्थाहरुले सहायता सामग्रीहरु उपलब्ध गराउने क्रम अगाडि बढी रहेको कुरा जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

न्यूजदैनिकका लागि सर्लाही हिरालाल श्रेष्ठ 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस