चक्रवात यासको प्रभावः कस्तो रहला देशभरको मौसम ?

काठमाडाैँ । अहिले देशमा चक्रवात यास पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश भू–भागमा सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । प्रदेश १ को तराई भू–भागमा र प्रदेश २ को थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि जेठ १७ गते सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेशका १ का एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

जेठ १८ गते मंगलबार देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस