काठमाडौँ । नेपालका निजी क्षेत्रका रेडियोहरूको संस्था (ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल बान) का अध्यक्ष चन्द्र न्यौपानेको मृत्यु भएको छ।
५० वर्षीय न्यौपानेलाई कोरोनाभाइरस संक्रमणपछि विराटनगरको विराट मेडिकल कलेजमा भेन्टिलेटर, आइसियू हुदै आइडियुमा राखेर उपचार गरिएको थियो। उनको आज बिहान मृत्यु भएको हो।
उनी सरकारले गठन गरेको विज्ञापन बोर्डमासदस्य थिए भने इटहरीको सप्तकोशी एफएमका सञ्चालक पनि थिए।
तपाईंको प्रतिकृया




