काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ९३ हजार ८०० रुपैैयाँमा कारोबार भइरहेको जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहि प्रतितोला १ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
तपाईंको प्रतिकृया




