सेनाका सहायक रथी केसीको कोभिडका कारण निधन

काठमाडौँ । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । कोभिड-१९ संक्रमणबाट भई भेन्टिलेटरमा उपचाररत केसीको निधन भएको हो ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार संक्रमण भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको हो । केसी नेपाली सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । संक्रमणबाट ज्यान गुमाउने केसी सेनाको पहिलो उच्च अधिकारी हुन् ।

यसैबीच केसीको निधनप्रति नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले दुःख व्यक्त गरेका छन् । क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उनले उल्लेख गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री