कोभिड प्रभावित पत्रकारका लागि युनियनले बनायो दश लाख रुपैयाँको राहत कोष

काठमाडौँ । नेपाल प्रेस युनियनले कोभिड-१९ बाट प्रभावित पत्रकारहरुका लागि १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । युनियनले आफ्नो ३१औँ स्थापना दिवसको सन्दर्भमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फत् युनियनका अध्यक्ष बद्री सिग्देलले दश लाख रुपैयाँको राहत कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

उनले कोरोना संक्रमित पत्रकारहरुको उपचारमा राहत उपलब्ध गराउने उद्देश्यले राहत कोष स्थापना गरिएको बताए । राहत कोषमा केन्द्रिय समितिले १ लाख रुपैयाँ र हरेक कार्य समिति सदस्यले १ हजार रुपैयाँ जम्मा गर्नेछन् ।

अध्यक्ष सिग्देलको अध्यक्षतामा भएको भर्चुअल बैठकको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विशिष्ट अतिथि नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतको सहभागिता थियो । कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस