डोटी । जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना संक्रमित पुरुष पक्राउ परेका छन् ।
कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका ती कोरोना सङ्क्रमित पुरुष अस्पतालबाट एकाएक भागेपछि खोजीका लागि प्रहरीलाई खबर गरेपछि गए राति पक्राउ गरी पुनः अस्पतालमा ल्याइएको हो ।
सङ्क्रमित पुरुष अस्पतालबाट भागेपछि गाउँमा अरुलाई पनि कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिएको थियो । भागेका सङ्क्रमित पुरुषलाई बडिकेदार गाउँपालिका-५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अत्यधिक ज्वरो आउने, काँप्ने, हातखुट्टा दुख्नेजस्ता लक्षण देखिएपछि ती पुरुषलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।
सोमबार गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना सङ्क्रमण देखिएपछि उनी मङ्गलबार भागेका थिए ।
तपाईंको प्रतिकृया




