हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु

काठमाडौँ ।  बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु  भएको छ ।

बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका-१की  ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा मृत्यु  भएको हो ।

गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी छोरी दीपिकालाई सोमबार राति  जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री