एभरेष्ट इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ ।  एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औं वार्षिक साधारण सभा प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा सम्पन्न भएको छ ।

दिउसो २ः०० बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए।

कम्पनीको २६ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांस पारीत गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

क्रेष्ट माइक्रो लाइफको बिक्री प्रबन्धमा एनआइएमबि

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइएमबि एस …

प्रतिकृया दिनुहॊस