बुटवल ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा रुपन्देहीका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रैनादेवी गाउँपालिका-२ पाल्पाका ६४ वर्षीय पुरुष,सिद्धार्थनगर नगरपालिका-८ का ५३ वर्षीय पुरूष, सिद्धार्थनगर-२ का ७८ वर्षीय पुरूष, रुपन्देहीको रोहिणी गाउँपालिका-५ का ५० वर्षीय, कपिलवस्तु नगरपालिका-१ का ४६ वर्षीय पुरुष र नवलपरासीको बर्दघाट नगरपालिका–१० की ५६ वर्षीया महिला रहेका छन् ।
तपाईंको प्रतिकृया




