काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको छ ।
भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ४ हजार ४५५ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा कोरोनाका २ लाख २२ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् ।
यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ६७ लाख ५२ हजार ४४७ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




