जनकपुरधाम । धनुषा जिल्लामा थप सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले धनुषाको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जेठ १७ गतेसम्म जिल्लाभर निषेधाज्ञा थप गरेको हो ।
धनुषामा वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी भएको छ । प्रदेश २ का जिल्लाहरु कोरोनाको हटस्पट बन्न थालेपछि सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।
कोरोनाको ग्राफ उकालो लागेपछि सबै जिल्लामा निषेधाज्ञा विभिन्न चरणमा थपसमेत हुने गरेको छ । धनुषामा निषेधाज्ञमा अतिआवश्यक बाहेक हरेक गतिविधि बन्द राख्न विज्ञप्तिमार्फत जनाइएको छ ।
तपाईंको प्रतिकृया




