माछापुच्छ्रे बैंकका ग्राहकले १० लाखसम्मकाे उपचार खर्च किस्ताबन्दीमा तिर्नसक्ने

काठमाडौँ ।  माछापुच्छ्रे बैंकले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुविधा संचालनमा ल्याएको छ ।

यस सुविधा अन्तर्गत बैंकका ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । उक्त सुविधाले बैंकका ग्राहकहरुलाई १० दश लाखसम्मको रकम प्रदान गर्ने छ ।

बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुविधा लिन सक्नेछन् ।

हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहनुहुने ग्राहकहरुले बैंकको वेबसाइटमा गइ क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र …

प्रतिकृया दिनुहॊस

This will auto close after