काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर आजै मात्र दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार लमजुङ केन्द्र बनाएर पहिलो पटक आज बिहान ५.४२ बजे लमजुङ केन्द्र बनाएर ५.८ रेक्टर स्केलको भूकम्प भएको थियो भने दोस्रो पटक विहान ८ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पमा परी चार जना घाइते भएका छन् भने एक दर्जनभन्दा बढी घर क्षति भएका छन् ।
घाइते हुनेमा बेंसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ ठुलीबेंसीका २२ वर्षीय गोविन्द अधिकारी रहेको प्रहरीले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो।
तपाईंको प्रतिकृया




