नेशनल लाईफको सीईओ बन्न खत्रीले पाए समितिको स्वीकृति

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सुरेशप्रसाद खत्रीले बीमा समितिको स्वीकृति पाएका छन् ।

समितिले उनलाई जेठ ३ गते नेशनल लाईफ इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो ।

गत बैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खत्रीलाई कम्पनीको सीईओमा नियुक्त गर्न बीमा समितिमा प्रस्ताव गरेको थियो। सो प्रस्ताव बीमा समितिबाट स्वीकृतभएसँगै अब सञ्चालक समितिले उनलाई सीईओको रुपमा नियुक्त गर्नेछ ।

सीईओमा नियुक्तभएसँगै खत्रीले आगामी ४ वर्ष कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।

गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।

बैङगलोरबाट एमबीए गरेका खत्रीको बीमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव रहेको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप