दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ  भने  ४९ जना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुम पश्चिम जादै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा बस दुर्घटना  भएको हो ।

मृतकहरुमध्ये रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको प्रहरीले  जनाएको छ ।

घाइतेहरुको पश्चिम नवलपरासीको चिसापानी सामुदायिक अस्पताल लगायतका स्थानमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री