काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागि रहेको छ । त्यसैक्रममा मगंलबार पनि सुन तोलामा ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
सोमवार छापावाल सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । चाँदी मगलबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया




