कांग्रेस जिल्ला सभापतिको भर्चूअल मिटिङः गर्‍यो यस्तो तयारी र निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले जिल्लास्थित पार्टी कार्यालयहरुलाई कोभिड संक्रमितको उपचारार्थ आईसोलेसन बनाउने भएको छ । सोमबार ४१ जिल्ला सभापतिहरुको ‘भर्चूअल मिटिङ’ले पार्टी स्वामित्वमा रहेका भवनलाई आईसोलेसन सेन्टरको रुपमा प्रयोगमा ल्याउन उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले कोभिड माहामारी नियन्त्रणमा सरकार गैर जिम्मेवार बनेको भन्दै ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । ‘अविलम्ब सम्पूर्ण नेपाली नागरिकलाई कोभिडविरुद्धको खोपको प्रवन्ध गर्न, सबै पालिकास्तरमा पर्याप्त अक्सिजन आपूर्तिसहितको आईसोलेसन केन्द्र स्थापना गर्न र श्रमिक एवं बिपन्न परिवारलाई तत्काल राहत खाद्यान्न व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गर्दछ,’ बैठकपछि जारी निर्णयमा भनिएको छ ।

देश सम्पूर्ण वडामा व्यापक पिसिआर टेष्ट गराउने अभियान अघि बडाउन पनि सरकारसँग माग गरिएको छ । यसका लागि कांग्रेस पार्टी सदस्यहरु स्वयंसेवकको रुपमा सहयोग गर्न तयार रहेको सभापतिहरुको बैठकले भनेको छ । साथै वर्तमान ओली सरकारलाई विस्थापन गर्नेतर्फ गम्भीर हुन तथा वैकल्पिक सरकार निर्माणका सबै विकल्पहरु खुला गरेर अन्य दलहरुसँग संवाद अघि बढाउन बैठकले पार्टी नेतृत्वलाई आग्रहसमेत गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री