भारतमा भयावह बन्दै कोरोना: एकैदिन ३ लाख ९२ हजारभन्दा बढी संक्रमित

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ । त्यहाँ विगत २४  घण्टामा ३  लाख ९२  हजार ५ सय ६२  जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ३ हजार ६  सय ८८  जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १५  हजार ५  सय ४२ पुगेको कोभिड-१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले उल्लेख गरेको छ ।

विवरणअनुसार भारतमा अहिलेसम्म संक्रमितको संख्या  २ करोड नजिक पुगेको छ।  संक्रमण पुष्टि भएकामध्ये १ करोड ५९  लाख ९२  हजारभन्दा बढी निको भएका छन् । भारतले संक्रमण बढ्न थालेपछि विगत केही सातायता खोप अभियानलाई पनि तीव्रता दिएको छ

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस