धार्मिक भीडमा भागदौड हुँदा ४४ जनाको मृत्यु

काठमाडौं । इजरेलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

उत्तरी इजरेलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए । आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन् । तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले बताएका छन् ।

वार्षिक हुने उक्त पर्व गत वर्ष भने कोभिड-१९ महामारीका कारण रोकिएको थियो । यसपालि पनि धेरै भिडले गर्दा थप महामारी हुने हो कि भन्ने चिन्ताहरू व्यक्त गरिएको थियो । -बीबीसी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री