पूर्व मन्त्री सुवाल रहेनन्

काठमाडौँ । समाजसेवी एवं पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ । ९३ वर्षीय थापाको उनकै निवास झोछेँमा आइतबार साँझ निधन भएको हो ।

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए ।

उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरे । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको सोमबार टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस