मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका-७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको छ ।

आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेकामा उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको प्रहरीले  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री