गृहमन्त्री थापा पुनःनियुक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

थापाले दलत्याग गरेको भनी राष्ट्रियसभाले आइतबार सूचना जारी गरेपछि उनी पदमुक्त भएका थिए । सांसदबाट पदमुक्त भएपछि थापा मन्त्री पदबाट पनि स्वत: मुक्त भएका थिए ।

अहिले उनी सांसद सदस्य नभएका व्यक्ति मन्त्री हुने अर्को संवैधानिक व्यवस्था अनुसार मन्त्री भएका हुन् र उनी सांसद नरहे पनि ६ महिनासम्म मन्त्री हुन पाउनेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नोटमा चुच्चे नक्सा राख्ने नेपालको एक पक्षीय निर्णय : भारत

काठमाडौं । सयको नेटामा चुच्चे नक्सा छाप्ने नेपालको निर्णयप्रति प्रारम्भिक रूपमै भारतीय उच्चतहबाट प्रतिक्रिया सार्वजनिक …

प्रतिकृया दिनुहॊस