काठमाडाैँ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा दिएका छन् । करार अवधि झण्डै तीन महिना बाँकी छँदा उनले राजीनामा दिएका हुन् ।
गुरुङ २५ वर्षदेखि बैंकिङ क्षेत्रमा छन् । उनी २०७४ वैशाखदेखि सिभिल बैंकको सीईओको रुपमा कार्यरत थिए ।
यसअघि गुरुङले हिमालयन बैंक, ग्लोबल आइएमई बैंक र मेगा बैंकमा काम गरेको अनुभव छ ।
तपाईंको प्रतिकृया




