बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?

काठमाडौँ ।बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री