सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई ५ लाख सहयोग

काठमाण्डौ । सिद्धार्थ बैंकले  दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई सहयोगस्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ।

सो रकम बैंकका हेड अफ सर्कल श्रिनिमा नेपालले हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई हस्तान्तरण गरे ।

बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भिमेश्वर स्थित राज कुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्ने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप