काठमाडाैँ । मकवानपुरको भीमफेदीमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका–३ पारीपाखामा रहेको एक घरमा आगलागी हुँदा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको हो ।
जंगलमा लागेको डढेलोका कारण घरमा आगलागी भएको थियो । स्थानीय प्रितिबहादुर सिन्तानको घर र गोठ जलेर नष्ट भएको छ । आगलागीमा परी
गोठमा रहेका १० बाख्रा अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट छ । जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




