काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकले भारतीय सीईओहरुले खासै काम गर्न नसकेको भन्दै नेपाली सीईओ नियुक्त गरेको हो ।
बैंकले २५ वर्षको इतिहासमा पहिलो पटक नेपाली सीईओ नियुक्त गरेको हो । उनलाई ‘कुलिङ पिरियड’ लाग्ने भएकाले ६ महिनापछि बैंकमा जान सक्ने छन् । तर, राष्ट्र बैंकले लचकता अपनाउँदै उनलाई सीईओ बन्न दिन सक्ने संभावना रहेको बताइएको छ ।
खालिङ यसअघि सिटिजन्स बैंकको सञ्चालक थिए भने त्यसअघि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । खालिङ लक्ष्मी बैंक आउनुअघि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा प्रमुख सुचना अधिकृतका रुपमा कार्यरत थिए । उनीसँग करिव ३३ बर्ष लामो सक्रिय बैंकिङ अनुभव छ ।
तपाईंको प्रतिकृया




