काठमाडाैँ । अमेरिकी राजधानी वासिङटनमा रहेको अमेरिकी संसद भवनको कम्प्लेक्समा भएको एक आक्रमणमा एक प्रहरी अधिकारी मारिएका छन् । अन्य एक अधिकारी घाइते भएका छन् ।
उनको अस्पतालमा उपचार जारी छ । प्रहरीका अनुसार त्यहाँ एक गाडीले त्यहाँको सुरक्षा पर्खालमा टक्कर थियो । त्यही गाडीका चालकले त्यहाँका सुरक्षाकर्मीलाई चक्कु प्रहार गरेर मारिदिएका हुन् ।
प्रहरीले ती हमलाकारीमाथि गोली चलाएको छ । उनको पनि घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । आक्रमणकारी २५ वर्षका नोआह ग्रीन भएको प्रहरीले जनाएको छ । तर, यो घटनाको आतंकवादसँग कुनै नाता नभएको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन् ।
प्रतिकृया दिनुहॊस