झापाको दमकमा घरभाडामा लिएर वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिला पक्राउ

झापा ।झापाको दमकमा वेश्यावृत्ति गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका-३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका-४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन् ।

दमक नगरपालिका वडा नं. -६ नयाँ सब्जीमण्डीस्थित एक घर भाडामा लिई वेश्यावृत्ति गराइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस