काठमाडौं । बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन दर्ता भएको छ ।
मंगलबार प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको नेतृत्वमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन दर्ता गराएका हुन् ।
गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल-नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।
प्रतिकृया दिनुहॊस