करिश्मालाई जेठमै लाग्यो तीज

नायिका करिश्मा मानन्धरलाई जेठमै  तीज लागेको छ ।२०७५सालको तीज लक्षित गरेर बन्दै गरेको एक गीतको लागि  करिश्माले जेठमै कम्मर मर्काएकी छिन् ।

काठमाडौंको एक पार्टी प्यालेसमा रातो सारी, चुरापोतेमा सजिएर करिश्माले छमछमी कम्मर मर्काउँदै नृत्य गरिन् । गायिका पारु रञ्जितको आवाजमा रहेको ‘कसौडीमा तातो तातो दर पकाउँछिन् आमा’ बोलको गीतमा करिश्माले केही कोरसको साथमा नृत्य गरिन् । विरेन्द्र रंजितको लगानी रहेको  तीज गीतको कोरियोग्राफी तथा निर्देशक पवित्रा आचार्यले गरेकी छिन् ।

श्रीधर पौडेलको छायांकन रहेको भिडियो केहि दिनपछि नै रिलिज गर्ने  पवित्राले बताइन् । राम कार्कीले भिडियो निर्माणमा व्यवस्थापनको काम गरेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस