एजेन्सी । अमेरिकाको कोलोराडो राज्यको राजधानी सहर बोउल्डरस्थित एक सुपरमार्केटमा बन्दुकधारीले चलाएको गोली लागी १० जनाको मृत्यु भएको छ ।
कोलोराडोको समयअनुसार सोमबार दिउँसो करिब २ः३० बजे आक्रमण भएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ । आक्रमणमा मारिनेमा बोउल्डरका एक प्रहरी अधिकारी छन् । आक्रमणकारीले सबैभन्दा पहिला ती प्रहरी अधिकारीमाथि नै गोली चलाएका थिए ।
बोउल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डलाई उद्धृत गर्दै सिएनएनले दिएको खबर अनुसार एरिक टैल्ली नामका ५१ वर्षीय प्रहरी अधिकारीको घटनामा मृत्यु भएको हो ।
प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । नियन्त्रणमा लिने क्रममा घाइते भएका आक्रमणकारीको उपचार भइरहेको बोउल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले सिएनएनलाई बताएका छन् ।
तपाईंको प्रतिकृया




