काठमाडाैँ । दाङमा स्कुल बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा स्कुल बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बस कक्षा ११ र १२ का विद्यार्थी बोकेर स्कुलतर्फ गइरहेको थियो ।
प्रहरीका अनुसार तुलसीपुरमा रहेको ज्ञान ज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परी तुलसीपुर उपमहानरपालिका–१६ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ । अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




