राष्ट्रिय वाणिज्य बैंक र संसद सचिवालयबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि अब तोकिएको सेवाअवधि पूरा गरेका संसद सचिवालयमा कार्यरत कर्मचारीहरुले १५ लाख रुपैयाँ बराबरको कर्जा पाउँनेछन् ।

संसद सचिवालयको सिफारिसका आधारमा बैंकले अधिकतम पन्ध्र लाख रुपैंयासम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ ।

बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५.६१ प्रतिशत रहेको छ ।

सम्झौता अनुसार सचिवालयका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । सोल्टिमोड, काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु बैँक लिमिटेड बीच विशेष …

प्रतिकृया दिनुहॊस