मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह अफर’

काठमाडौं । मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ ।

यस अफर अन्र्तरगत चैत्र ०६ देखि चैत्र १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता (Normal Saving Account)  खोलेमा रु १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड (VISA Debit Card)पाउन सकिनेछ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँहि अफर समय अवधि ( चैत्र ०६,२०७७ देखि चैत्र १३ गते, २०७७) भित्र दिनु पर्नेछ ।

साथै ग्राहकले खाता खोलेको मिति देखि ३ महिना सम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निशूल्क लिन सक्नेछन् ।

यस होली सप्ताह अफर सँगै ग्र्राहकले चाहानुभएमा निशूल्क DEMAT  खाता पनि बैंक मार्फत खोल्नसक्नु हुनेछ । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अत्तरीयाको सहयोगमा आखाँ शिविर सम्पन्न

कैलाली -सानिमा बैंकको अत्तरिया शाखाको सहयोगमा आखाँ शिविर सम्पन्न भएको छ । गेटा आखाँ अस्पतालको …

प्रतिकृया दिनुहॊस