काठमाडौं । एनएमबि बैंकले नयाँ योजना सार्वजनिक गरेको छ।
गत माघदेखि बढी ब्याज प्रदान गर्दै आएको एनएमबिले अब ग्राहकहरुलाई १२५ दिने मुद्दतीमा वार्षिक ७.२५% सम्म ब्याजदर (०.५% प्रिमियमसहित) दिने जनाएको छ।
हाल अधिकांश बैंकहरु कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबिले भने साना निक्षेपकर्ताहरुलाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बताएको छ ।
देशभरी रहेका एक सय ८० शाखाहरुबाट नयाँ योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ।
तपाईंको प्रतिकृया




