काठमाडौं। काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।
एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको हो।
उनले शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
तपाईंको प्रतिकृया




